Thursday, July 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३, २०८२
in खेलकुद, समाचार
0
मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष
72
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योन्जन तामाङले पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यभार सम्हालेका छन् ।

अदालतले पुनः बहालीको आदेश दिएपछि तामाङ मंगलबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन् ।

तामाङ २०८० चैत २३ गते चार वर्षे कार्यकालका लागि मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए ।

तर २०८१ भदौ ६ गते प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण)ले तामाङलाई पदबाट हटाएका थिए ।

बस्नेतले आफ्नो निकट राजनीतिक कार्यकर्तालाई नियुक्त गर्न तामाङलाई हटाएको आरोप लाग्दै आएको छ ।

तामाङलाई हटाएर २०८१ माघ १७ गते सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बोर्ड बैठकले सुरज श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठ नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा बस्नेतसँग निकट सम्बन्ध भएका व्यक्तिका रूपमा चिनिन्छन् ।

पदच्युत गरेपछि तामाङले उच्च अदालत विराटनगरमा उत्प्रेषणयुक्त परामादेशको माग गर्दै रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले तामाङको पक्षमा आदेश जारी गर्दै पूर्वस्थितिमा बहाल गर्न निर्देशन दिएको हो । अदालतको आदेशलाई आधार बनाएर तामाङले मंगलबार अध्यक्षको कार्यभार पुनः सम्हालेका हुन् ।

यसअघि तामाङले सदस्य सचिव बस्नेत र बोर्डविरुद्ध अदालतमा अपहेलना मुद्दा पनि दायर गरेका थिए । तर सो मुद्दामा अदालतले दाबी नपुगेको ठहर गर्दै खारेज गरेको छ ।

कार्यभार ग्रहण गरेपछि तामाङले राजनीतिक पूर्वाग्रहका आधारमा आफूलाई पदबाट हटाइएको बताएका छन् । उनले अदालतको आदेशले न्यायको जीत भएको भन्दै लोकतन्त्रमा कानुनी राज्यको मजबूती पुष्टि भएको बताएका छन् ।

‘मलाई कुनै बेला राजनीतिक प्रतिशोध स्वरूप हटाइएको थियो,’ तामाङले भने, ‘तर अदालतले कानुनी प्रक्रियामार्फत न्याय दिलाइदियो । लोकतान्त्रिक व्यवस्थामा अदालतप्रति जनताको विश्वास झनै मजबुत भएको छ ।’

उनले अब जिल्ला स्तरको खेलकुद गतिविधिलाई पुनः सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘अब म सबै खेल संघ तथा खेलाडीहरूसँग सहकार्य गर्दै जिल्लाको खेलकुद क्षेत्रलाई अघि बढाउनेछु,’ तामाङले भने, ‘राजनीतिक हस्तक्षेप हटाएर पारदर्शी र निष्पक्ष रूपमा समितिको नेतृत्व गर्ने मेरो अठोट छ ।’

Tags: #खेलकुदइन्द्रकुमार योन्जन तामाङउच्च अदालत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त
समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्। शिक्षा तथा खेलकुदमन्त्री...

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
FEATURE BREAKING

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ।...

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

साउन ६, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

साउन ६, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

दमकमा पारिवारिक विवादको दुःखद अन्त्य, श्रीमतीको हत्यापछि श्रीमान मृत भेटिए

साउन ६, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा पहिलोपटक विद्यालय केन्द्रित बालविवाहविरुद्ध अभियान

साउन ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

साउन ६, २०८३
मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

साउन ६, २०८३
भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

साउन ६, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

साउन ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1107 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    558 shares
    Share 223 Tweet 140
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.