इटहरी : बजाज अटोसिटी इटहरीको आयोजनामा असार ८ देखि १३ गतेसम्म बजाज ग्रान्ड एक्सचेन्ज मेला आयोजना हुने भएको छ।
मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको नयाँ बाइक किस्ताबन्दीमा किन्न सक्ने सुविधा पाउने छन्।
बजाजका अनुसार यस मेलामा शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, १० हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज, आकर्षक छुट, र आगामी आर्थिक वर्षको बार्षिक कर समेत मेलामा किनिने बाइकमा समावेश गरिएको छ।
मेलामा ग्राहकका पुराना बाइकहरूको मूल्यांकनका लागि विशेष अनुभवी भ्यालुएटरहरू उपस्थित रहनेछन्। ती भ्यालुएटरहरूले पुराना बाइकहरूको न्यायोचित मूल्य तोकेर १० हजार रुपैयाँसम्म बोनस भ्यालुएसन उपलब्ध गराउने कम्पनीले जनाएको छ।
मेलामा मोटरसाइकल किन्ने ग्राहकले अब घडेरी कागजात, पानी, बिजुलीको बिल, वा आय श्रोत प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने छैन।
ग्राहकले नागरिकता बोकेर आएमा एक घण्टाभित्रै लोन पास गरी सहज किस्ताबन्दीमा बाइक किन्न सक्ने व्यवस्था मिलाइएको छ।
बजाज अटोसिटी इटहरीका सञ्चालक प्रदीप सन्थलियाका अनुसार जुनसुकै ब्रान्डका पुराना स्कुटर वा बाइक लिएर ग्राहकहरू आउन सक्नेछन् ।



















Discussion about this post