इटहरी : रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाण्डौँबाट दोषी ठहर भई २ वर्ष ६ महिना कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इटहरी ११ का दिलचन्द्र राई रहेका छन् ।
२०७९ साल भदौ २८ गतेको फैसलाअनुसार भ्रष्टाचारमा संलग्न ठहर गरिएका राई फैसला पछि फरार रहँदै आएका थिए।
गोप्य सूचनाका आधारमा बिहीबार उनको घर आसपासबाट सामुदायिक प्रहरी बिट भवानीपुर, इटहरीबाट खटिएको टोलीले उनलाई फेला पारेर नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राईलाई थप कानुनी कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएको प्रहरीले जनाएको छ।














Discussion about this post