मोरङ : मोरङमा सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको धनपालथान गाउँपालिका–७ कदमाह टोल बस्ने ८ वर्षीय ऋषि शर्माको मृत्यु भएको हो ।
घर नजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा आज (आइतबार) अपरान्ह ४ः३० बजेतिर डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post