विराटनगर : विराटनगर महानगरपालिका–१८ मा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
असार १४ गते राति करिब १ः३० बजे विवाह समारोह भइरहेको बेला डिजे साउन्डमा नाच्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय १७ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। तर अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।













Discussion about this post