इटहरी : ज्यानसम्बन्धी मुद्दामा २४ वर्षभन्दा बढी कैद सजाय तोकिएका सुनसरीका फरार प्रतिवादी २५ वर्षीय पप्पु यादव पक्राउ परेका छन्।
पक्राउ परेको करिब ९ महिनापछि प्रहरीले उनलाई इनरुवा नगरपालिका–३ बाट हिँड्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यादव भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी हुन् । अदालतको फैसला अनुसार सजाय तोकिएपछि उनी लुकीछिपी बस्दै आएका थिए।
गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई अदालतको आदेशअनुसार कैद भुक्तानीका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको छ।
सुनसरी जिल्ला अदालतले २०८१ साल भदौ २५ गतेको फैसलामार्फत यादवलाई ज्यानसम्बन्धी कसुरमा २४ वर्ष ८ महिना १५ दिन कैद सजाय तोकेको थियो।














Discussion about this post