मोरङ : कोशी प्रदेशमा मानव अधिकारको रक्षा तथा पैरवी गर्ने उद्देश्यसहित प्रदेशस्तरीय मानव अधिकार समूह गठन भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयमा भएको भेलाले किरणलाल सिंह गनगाई (मोरङ) अध्यक्ष र शिवशंकर मेहता (सुनसरी) उपाध्यक्ष रहेको सात सदस्यीय प्रदेशस्तरीय मानव अधिकार समूह गठन गरेको हो ।
समूहको सचिवमा जहाँगीर आलम, सहसचिवमा असन राई, कोषाध्यक्षमा मञ्जु मेहता तथा सदस्यहरूमा दीपक चौधरी र सुशीला दाहाल रहेका छन् । यसैगरी सल्लाहकारमा देवराज राजवंशी चयन भएका छन् ।
समूह गठनमा सहजीकरण गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले नवगठित समूहका पदाधिकारी तथा सदस्यलाई शुभकामना दिए ।
शिक्षा, स्वास्थ र वातावरणको अधिकार तथा विभेदका विरुद्धका सवालमा जिम्मेवार निकायलाई जवाफदेही बनाउनेतर्फ लाग्न समूहलाई उनले आग्रह गरे ।
संयोजक पोखरेलले समय क्रमसँगै परिर्वतन हुँदै जाने मानव अधिकारका सवालमा काम गर्न मानव अधिकार रक्षकहरुको भूमिकाको निरन्तरता अपरिहार्य रहेको बताए ।












Discussion about this post