मोरङ : मोरङको रंगेली नगरपालिका–८ मा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले दुई राउन्ड गोली प्रहार गर्दै तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रंगेली–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र एक जना भारतीय महिला छन्। उनीहरूको साथबाट ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी भारतीय महिलाको परिचय खुल्न बाँकी रहेको मोरङ प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।












Discussion about this post