विराटनगर : विराटनगर महानगरपालिका–३ स्थित नेपाल आयल निगमको परिसर अगाडिको कोशी लोकमार्गमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बिहान करिब ४ः३५ बजेतिर को ३७ प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा चालक गम्भीर घाइते भएका थिए।
मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार दुर्घटनामा परेका सप्तरी मधुवनका अन्दाजी २४ वर्षीय अरविन यादवलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको देखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post