Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर सामूहिक हत्याकाण्ड : चारैजनाको इटहरीमा कहालीलाग्दो अन्त्येष्टि (भिडिओसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २३, २०८२
in समाचार
0
भोजपुर सामूहिक हत्याकाण्ड : चारैजनाको इटहरीमा कहालीलाग्दो अन्त्येष्टि (भिडिओसहित)
496
SHARES
Share on FacebookShare on Twitter

इटहरी : भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार राति सामूहिक हत्याकाण्डमा मारिएका चार जनाको सोमबार साँझ इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ।

हत्या गरिएकामध्ये १५ वर्षीया मनिषा गिरी, उनका बुवा ६८ वर्षीय बेलबहादुर गिरी, आमा ४५ वर्षीया मञ्जु गिरी र भाइ ९ वर्षीय सपन गिरीको सामूहिक दाहसंस्कार गरिएको हो।

घटनापछि शवलाई आइतबार जिल्ला अस्पताल भोजपुर लगिए पनि पोस्टमार्टम उपकरण अभावमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। पोस्टमार्टमपछि शवहरू इटहरी ल्याएर अन्त्येष्टि गरिएको हो।

जसमध्ये बेलबहादुर र मञ्जुको एकै चितामा अन्त्येष्टि गरियो भने सपन र मनिषाको छुट्टाछुट्टै चितामा अन्त्येष्टि गरियो ।

हत्या प्रकरणका अभियुक्त ३० वर्षीय राजेन्द्र राई आफैँ पनि घाइते अवस्थामा भेटिएका थिए। हाल उनी धरानको बीपी प्रतिष्ठानमा उपचाररत छन्।

भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका राईले प्रेम विवाह गरेकी श्रीमती मनिषा गिरी र उनका परिवारको हत्या गरेका थिए।

घटनाको पृष्ठभूमि

रामप्रसादराई गाउँपालिका २ का वडाध्यक्ष राजकुमार तामाङ (समीर)का अनुसार मृतक बेलबहादुरका जेठा छोराले चारैजनालाई दागबत्ती दिएका हुन्।

उनले टाकुरा न्यूजसँग भने, ‘भोजपुर अस्पतालमा पोस्टमार्टमको सुविधा नभएपछि शवहरू धरान ल्याइएका थिए । पोस्टमार्टमपछि इटहरीमा अन्त्येष्टि गरिएको हो।’

करिब सात महिनाअघि राजेन्द्र र मनिषाबीच प्रेम विवाह भएको थियो। तर पछिल्लो समय सम्बन्धमा दरार आएपछि मनिषा माइतमा बस्दै आएकी थिइन्।

केही दिनअघि मात्रै ससुराली आएका राजेन्द्रले पत्नीलाई आफूसँग नपठाएको निहुँमा आक्रोशित हुँदै सामूहिक हत्या गरेका थिए। हत्या गरेपछि उनले आफैँ प्रहरीलाई खबर गरेका थिए।

हाल घटनाको विषयमा प्रहरीद्वारा सूक्ष्म अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो पनि – भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान ल्याइयो

यो पनि – भोजपुरमा एकै परिवारका चार जनाको हत्या प्रकरण : मृतक सबैको शव सदरमुकाम ल्याइयो

यो पनि – अपराधको पराकाष्ठा : भोजपुरमा एकै परिवारका चार जनाको सामूहिक हत्या, ज्वाँइले ‘आक्रोश’मा आएर अपराध गरेको स्वीकारे

भिडिओ

Tags: #भोजपुरहत्याकाण्ड
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती
विविध

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा दसैँको सप्तमीका अवसरमा शनिबार वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय,...

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु
FEATURE BREAKING

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.