इटहरी : सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक कारबाही प्रणालीलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई ६४ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा प्रदान गरिएका ती मोबाइलहरू सोमबार एक कार्यक्रमबीच ट्राफिक कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।
अब ट्राफिक प्रहरीले सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा रहेको क्यूआर कोड स्क्यान गरी तत्कालै डिजिटल माध्यमबाट सवारीसाधन ई-जरिवाना प्रणाली मार्फत कारबाही गर्न सक्नेछन्।
साथै, सार्वजनिक सवारीका लागि डिजिटल टाइम कार्डको प्रयोग, लामो दूरीमा सवारी चालक परिवर्तन भए, नभएको यकिन गर्न र ट्राफिक नियमनमा पारदर्शिता ल्याउन समेत यो प्रविधि उपयोगी हुने विश्वास गरिएको छ।
यस प्रविधि प्रयोगबाट सवारी दुर्घटना न्यूनीकरण, समयमै कारबाही, ट्राफिक व्यवस्थापनमा पारदर्शिता र दक्षता बढ्ने अपेक्षा गरिएको छ।














Discussion about this post