उदयपुर : उदयपुरमा नुहाउन गएका एक युवक मृत भेटिएका छन् ।
सोमबार साँझ बेपत्ता भएका चौदण्डीगढी नगरपालिका वडा नम्बर ६, कालीखोलाका ३० वर्षीय सुरज राईको शव मंगलबार दिउँसो भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चौदण्डीगढी ५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुलमुनि नुहाउने क्रममा सुरज बेपत्ता भएका थिए ।
मृतक राईको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post