मोरङ : मोरङको धनपालथान गाउँपालिका–९ स्थित पोखरीमा डुबेर बिहीबार दिउँसो एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १० वर्षीय बालक प्रशान्त विश्वकर्मा रहेका छन् ।
धनपालथान–६ दादरबेरियाका प्रशान्त पाहुना गएका दिदीको घर धनपालथान–९ बेल चोक नजिकको पोखरीमा डुबेको अवस्थामा दिउँसो २ बजेतिर फेला परेका थिए।
तत्काल उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
बालक खेल्ने क्रममा पोखरीमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post