Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोशीमा एक वर्षमा २६ हजार किलोभन्दा बढी गाँजा बरामद, १७ लाख बोट नष्ट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८२
in टाकुरा विशेष, समाचार
0
भन्सार छलीका सामान बरामद
76
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१।०८२ मा लागूऔषध गाँजाको कारोबार, ओसारपसार र खेती नियन्त्रण गर्न आक्रमक अभियान सञ्चालन गर्दै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।

यसैगरी १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरेको छ।

विशेष सूचना र अनुसन्धानका आधारमा प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएका कारबाहीहरूबाट उल्लेखनीय परिणामहरू हासिल भएका छन्।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै सुनसरीबाट गाँजा बरामद गरिएको छ । सुनसरीबाट १२,३७५ किलो, मोरङबाट ६,६५० किलो, धनकुटाबाट ४,१९४ किलो, उदयपुरबाट १,८१० किलो, र झापाबाट १,६५१ किलो गरी प्रदेशभरबाट जम्मा २६,७०५ किलो ५३८ ग्राम गाँजा बरामद गरिएको हो।

गाँजाको ओसारपसारमा संलग्न रहेको अभियोगमा एक सय ६५ जना पुरुष र २४ जना महिलालाई पक्राउ गरिएको छ।

साथै, ३१ वटा चारपाङ्ग्रे र ७५ वटा दुईपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। लागूऔषध लुकाउन एम्बुलेन्स, तरकारी गाडी, सरकारी नम्बर प्लेट, मोटरसाइकल, नदीमार्ग र जमिनमुनीको समेत प्रयोग भएको प्रहरीले जनाएको छ।

त्यस्तै, गाँजाको खेतीसमेत नियन्त्रणमा लिन प्रहरीले आक्रमक कदम चालेको उदृत गरेको छ।

गाँजाको बोट तथा बेर्नाहरू नष्ट गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले १२ लाख ५९ हजार बोट तथा बेर्ना, भोजपुरले २८ लाख ४६ हजार बोट तथा बेर्ना, उदयपुरले १६ लाख ८ हजार ५ सय बोट तथा बेर्ना, सोलुले २९ हजार ७ सय बोट तथा बेर्ना, खोटाङले २६ हजार २ सय बोट तथा बेर्नासहित बिभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा २ हजार ४ सय ६४ रोपनी क्षेत्रफलमा लगाएको १७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट तथा बेर्नाहरू नष्ट गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जम्मा दुई हजार ४६४ रोपनी क्षेत्रफलमा फैलिएको गाँजाको खेती नष्ट गरिएको हो।

प्रहरीले नागरिकलाई लागूऔषध नियन्त्रणमा सहयोग गर्न अनुरोध गर्दै यस्ता गतिविधि देखेमा प्रहरीलाई जानकारी गराउन आग्रहसमेत गरेको छ।

यो पनि – कोशी प्रदेशको कार्यसम्पादन समीक्षा : शतप्रतिशत लक्ष्य हासिल गर्दै पाँचथर प्रहरी उत्कृष्ट घोषित

यो पनि – कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

Tags: गाँजाटाकुरा विशेषबरामद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    714 shares
    Share 286 Tweet 179
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.