Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

भोजपुरको ‘छाँगे झरना’ आकर्षक पर्यटकीय गन्तव्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १९, २०८२
in भिजिट नेपाल, समाचार
0
भोजपुरको ‘छाँगे झरना’ आकर्षक पर्यटकीय गन्तव्य
63
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको हो ।

भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोशी प्रदेश सरकारको बजेटमा पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरिएको छ ।

झरनाको संरक्षणसँगै यसको प्रचार प्रसारमा जोड दिइएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । यो स्थानलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ विकासमा जोड दिएको उनको भनाइ छ ।

“छाँगे झरनाको विकास तथा संरक्षणमा जुटेका छौँ” प्रमुख उदासले भने,“झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर बाटोसँगै आवश्यक संरचना निर्माण गरेका छौँ । यो झरना हाम्रो नगरको एक महत्त्वपूर्ण पर्यटकीयस्थल हो ।”

यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर एकीकृत विकासमा जोड दिएको प्रमुख उदासले जानकारी दिए ।

सतीघाटमा रहेको सती ढुङ्गाको संरक्षणबाट कुन्सालिङ डाँडा, हाँस पोखरी साउने डाँडाहुँदै, छाँगे झरना र त्यहाँबाट नेपाले डाँडाको ओमकार शक्ति  पीठ,  योगमायाको समाधीस्थल मजुवाबेँसीलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रूपमा बृहत्तर विकास गर्ने योजना रहेको प्रमुख उदासले बताए ।

यो झरना  हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासी सुरज बस्नेतले बताए । झरना भएको स्थलमा खानेपानीको व्यवस्थासँगै बस्नका लागि फलैँचासमेत निर्माण गरिएपछि पर्यटकलाई सहजता भएको उनले बताए ।

“छाँगे झरनाको संरक्षण भएपछि पर्यटकको सङ्ख्या बढेको छ,” बस्नेतले भने,“यसको उचित विकाससँगै देश विदेशमा चिनाउन सकिएको छैन । यो झरना हाम्रो क्षेत्रको प्रकृतिको उपहार नै हो ।”

माथिबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयले यसलाई प्रकृतिको सुन्दर उपहारको रूपमा लिने गरेका छन् । यो स्थान पर्यटकीयसँगै धार्मिक क्षेत्र रहेकोले यसको विकासमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय गणेश अधिकारीले बताए । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ ।

Tags: #पर्यटन#भोजपुर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य
FEATURE BREAKING

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको...

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    459 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.