उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–७, नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना स्थानीय बासिन्दा बिरामी परेका छन्।
साउन २१ गते राति करिब ९ बजेतिर जितेन्द्र राईको घरमा आयोजित जन्मदिनको भोजमा सहभागी भएका छरछिमेकका व्यक्तिहरूलाई झाडापखाला र बान्ता हुने लक्षण देखा परेको थियो। भोजमा रोटी, अचार, पुरी, बुनिया, पुवा लगायतका परिकार थिए।
बिरामी परेका २७ जनामध्ये ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूलाई साउन २२ गते राति ८ बजे जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।














Discussion about this post