Monday, February 9, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी-धरान सडकखण्डमा जीवनको अन्तिम मोड, गलत लेनको प्रयोगले दुई युवकको ज्यान गयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८२
in समाचार
0
इटहरी-धरान सडकखण्डमा जीवनको अन्तिम मोड, गलत लेनको प्रयोगले दुई युवकको ज्यान गयो
1.4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शनिबार दिउँसो, इटहरी–धरान सडकखण्डको चारकोसे झाडीमा भीड बाक्लिँदै गयो। सडकको छेउमा बसको अगाडिको भागमा स्कुटर च्यापिएको र स्कुटरमा सवार दुई युवक सडकमा ढले ।

स्कुटरमा सवार रहेका झापाको बिर्तामोड नगरपालिका ५ का अन्दाजी २५–२६ वर्षका सुजन बिक र सुरज बिकको दुर्घटनामा ज्यान गएको हो ।

तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) टीका नेपालका अनुसार इटहरी २० स्थित चारकोसे झाडीमा प्र-१-०२९-००२ ख ०४५५ नम्बरको बस र को २२ प २१२५ को स्कुटर एकापसमा दुर्घटना भएको हो ।

शनिबार (आज) दिउँसो ११ बजेतिर इटहरी धरानको चारकोसे क्षेत्रमा पर्ने उक्त खण्डमा दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीको भनाइअनुसार इटहरीबाट धरानतर्फ बस जाँदै गरेको थियो । स्कुटर पनि सोही लेनबाट आइरहेको थियो । खासगरी गलत लेनको प्रयोगका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

उनीहरू धरानतिरबाट इटहरीतर्फ आउँदै गरेको हुनसक्ने भएपनि गलत लेन प्रयोग गरेका कारण सडकमै जीवनले अन्तिम मोड लिएको हो ।

स्कुटर कसले चलाएको भन्नेबारे खुलिनसकेको सई नेपालले बताए ।

प्रत्यक्षदर्शीहरूले भनेअनुसार स्कुटर गलत लेनबाट आएको थियो। तीव्र गतिमा आउँदा बससँग ठोक्कियो र बसले स्कुटरलाई करिब ५० मिटरसम्म घिसार्‍यो।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न बस चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

धरान–इटहरी सडकखण्ड व्यस्त मार्ग हो। तर तीव्र गति, गलत लेन, र ट्राफिक नियमको उल्लंघन यहाँ सामान्यजस्तै भएको छ।

यसले हरेक वर्ष अनेकन जीवनको ज्यान लिने गरेको छ । दुवै शव हाल धरानस्थित बीपी प्रतिष्ठानको शव गृहमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Tags: #इटहरीदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल
समाचार

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८२
0

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार...

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की
FEATURE BREAKING

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८२
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा सरकारहरूबीच काम गर्ने भने पनि सो...

निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचन नजिकिँदै, ‘भोट कसलाई ?’ भन्ने प्रश्न नगर्न आग्रह

माघ २५, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

माघ २५, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले ९ प्रकारका सामग्री पठाउने

माघ २५, २०८२
गुरुङ राष्ट्रिय परिषद् सुनसरी अध्यक्षमा दिलिप गुरुङ

गुरुङ राष्ट्रिय परिषद् सुनसरी अध्यक्षमा दिलिप गुरुङ

माघ २५, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

माघ २५, २०८२
संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

माघ २५, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचन नजिकिँदै, ‘भोट कसलाई ?’ भन्ने प्रश्न नगर्न आग्रह

माघ २५, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

माघ २५, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    239 shares
    Share 96 Tweet 60

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.