इटहरी : ३१औँ विश्व आदिवासी दिवसको अवसरमा इटहरीमा शनिबार विविध कार्यक्रम आयोजना गरी दिवस उत्साहपूर्वक मनाइएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, इटहरी उपमहानगर समन्वय परिषद्को आयोजनामा भएको कार्यक्रममा साँस्कृतिक झाँकी, ¥याली र विविध प्रस्तुति समावेश गरिएको थियो। इटहरीको संगीत चोकमा भेला भएर सुरु गरिएको ¥याली पश्चिम लाइनसम्म पुर्याएर औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो।
“प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, आदिवासी तथा जनजातीय जनहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने माग समावेश गरिएको महासंघका अध्यक्ष चिरहाङ राईले बताए।
उनका अनुसार राज्यले अहिलेसम्म आदिवासी जनजातिको आत्मनिर्णय, भाषा, पहिचान, शिक्षा, स्वास्थ्य तथा स्रोतमा पहुँच र अधिकार सुनिश्चित नगरेको र यसलाई सभ्य र संयम तरिकाले माग राख्दै आएका छन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका सदस्य, समाजसेवी, स्थानीय आदिवासी अभियन्ता तथा सर्वसाधारणको सहभागिता थियो।
दिवसको अवसरमा आदिवासी समुदायका मौलिक पोशाक, नृत्य, गीत, बाजागाजा र परम्परागत कलाको झाँकी प्रदर्शन गरिएको प्रचार–प्रसार संयोजक तथा महासंघका उपाध्यक्ष रोशन भुजेलले जानकारी दिए।













Discussion about this post