Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : मूल्य वृद्धि भएपछि अलैँची खेती विस्तारमा जुटे किसान

रासस by रासस
साउन २५, २०८२
in विविध, समाचार
0
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान
83
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन् ।

गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका टेम्केमैयुङ–५ का शिवकुमार विष्टले बताए । गत वर्ष प्रतिमन अलैँची एक लाखदेखि एक लाख दुई हजारसम्म बिक्री भएपछि किसान उत्साहित भएको उनको भनाइ छ ।

मूल्य वृद्धि भएपछि परम्परागत बालीलाई हटाएर पुनः अलैँचीखेतीमा जुटेको उनले जानकारी दिए । केही वर्षअघिसम्म मूल्यमा निरन्तर गिरावट आएपछि धेरै किसानले बगैँचा विस्तार गरेका थिएनन् ।

बजारमा अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान बगैँचा विस्तारमा लागेका अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताए ।

राज्यले प्राविधिक सहयोग गरेमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने उनको भनाइ छ । रोग, कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा एक कृषि प्राविधिक राख्न आवश्यक रहेको उनले बताए ।

“मूल्य बढेसँगै अलैँचीखेती क्षेत्र विस्तारमा किसान जुटेका छन्”, अध्यक्ष विष्टले भने, “केही ठाउँमा रोग कीराको प्रकोप बढेको छ । राज्यको तहबाट राम्रो प्राविधिक सहयोग भएमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने थिए ।”

माटो परीक्षण गरेर नयाँ नर्सरी स्थापना गर्न सके अलैँची अझ राम्रो आम्दानीको स्रोत बन्ने अध्यक्ष विष्टले बताए । टेम्केमैयुङ–५ मा मात्र करिब एक सय ५० किसानले व्यावसायिक रूपमा अलैँचीखेती गरिरहेका छन् ।

जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ रामशाही, गोलशाही, डम्बर शाही, जिर्मले जातको अलैँचीखेती हुने गरेको छ ।

चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा अलैँचीको बढी खेती हुने गरेको छ ।

Tags: #भोजपुर#राससअलैँची
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए
समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिका निर्विरोध निर्वाचित सभापति नरेन्द्रकुमार राई ‘प्रवीण’ नेतृत्वको ३७ सदस्यीय कार्यसमितिले शपथ ग्रहण गरी...

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय
FEATURE BREAKING

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

by माधव पोख्रेल
अशोज ८, २०८३
0

उदयपुर : चार दशकदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुमा बस्दै आएका बुद्धिमान् माझीको अहिले आफ्नै नाममा जमिन छैन । सप्तकोशीको बाढी...

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

अशोज ८, २०८३
उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.