Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा आत्मनिर्भर बन्दै कृषक, भन्छन् – ‘पारिको होइन, वारिको खाउँ’

रासस by रासस
साउन २६, २०८२
in विविध, समाचार
0
झापामा आत्मनिर्भर बन्दै कृषक, भन्छन् – ‘पारिको होइन, वारिको खाउँ’
69
SHARES
Share on FacebookShare on Twitter

झापा : विर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उनले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी नगरभित्रैका कृषकको ‘अर्ग्यानिक’ उत्पादन हुन् ।

“यहाँ किनेको सब्जीहरूमा विषादी छैन भन्नेमा ढुक्क छु,” उनी भन्छन्, “बजारको जुन पायो त्यही सब्जी किनेर खाँदा रोगले गाज्ला भन्ने डर छ । सामुदायिकको तरकारी अन्यत्रभन्दा सस्तो र ताजा पनि छ ।”

पहिले पहिले पारि (भारत) बाट आयातित सब्जी किनेर खानुपर्ने बजारको बाध्यात्मक अवस्था फेरिएको बताउँदै उनले अहिले वारि (स्वदेश)कै उत्पादन खान पाएकामा खुसी व्यक्त गरे।

केही वर्ष अघिसम्मको चलन हेर्ने हो भने पूर्वी झापाको बिर्तामोड, भद्रपुर, चारआली, धुलाबारी र काँकडभिट्टाका धेरै गृहिणीहरू भान्सामा प्रयोग हुने सामान किन्न सीमावर्ती भारतीय बजार पानीटङ्की, नक्सलबाडी र गलगलिया जाने गर्दथे ।

स्थानीय बजारमा पनि आयातित तरकारी तथा फलफूलको छ्याप्छ्याप्छती बिक्री हुने गर्दथ्यो । आयातित तरकारीले नै नेपाली बजार ओगटेको थियो । बिर्तामोडको कृषि थोक बजारमा एकाबिहानै भारतबाट आइपुग्ने तरकारी र फलफूल हरेकको भान्सामा सहजै पुग्थ्यो ।

अहिले अवस्था फेरिएको छ । बिर्तामोडका गृहिणीहरू भान्साको सामान किन्न भारत धाउँदैनन् । आफ्नै पालिकामा फलेका ताजा, विषादीमुक्त र अर्ग्यानिक सागसब्जी उनीहरूको रोजाइ बनेको छ । पारिको साटो वारिकै तरकारी उपभोग गर्ने अवस्थामा नगरवासीलाई ल्याउन बिर्तामोड नगरपालिकाले निकै ठुलो लगानी र मेहनत गरेको छ ।

भारतबाट आयातित तरकारी तथा फलफूलमा रहेको विषादीको अवशेष जाँच गर्दा खान अयोग्य पाइएको समाचार सञ्चारमाध्यममा पटकपटक आउने गर्छ । आयातित तरकारीमा विषादीको अवशेष धेरै भेटिएपछि बिर्तामोड नगरपालिकाले यसको विकल्प खोज्ने क्रममा स्वदेशमै उत्पादन बढाउने र बजारीकरणमा सघाउने योजना बनाएको हो ।

विक्रम संवत् २०७५ मा विर्तामोडका तत्कालीन नगरप्रमुख ध्रुव सिवाकोटीले भारतबाट आयातित मरेका माछा बिक्रीमा रोक लगाउने नीति लागू गरे। उनकै पालामा ‘मेयर विषादीमुक्त नगर’ भन्ने विशेष कार्यक्रम नगरपालिकाले सुरु गर्‍यो ।

यो कार्यक्रमले नगरभित्र निर्वाहमुखी खेती गरिरहेका किसानलाई सङ्गठित गरेर व्यावसायिक बन्न तालिम, सीप, उपकरण, बीउ, मल, अनुदान र प्राविधिक सहयोग दियो । यो कार्यक्रम आठ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको छ ।

नगरको कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाका अनुसार नगरमा हाल १५७ जना व्यावसायिक तरकारी कृषक सूचीकृत भएर ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रममा जोडिएका छन् ।

उनीहरूले उत्पादन गरेको अर्ग्यानिक तरकारी तथा फलफूल बिक्रीको उचित व्यवस्थापनका लागि नगरपालिकाले सातवटा सामुदायिक तरकारी बिक्री केन्द्र र एउटा मुख्य सङ्कलन केन्द्र सञ्चालन गरिरहेको उनले बताए ।

‘पारिको होइन, वारिको खाउँ’

आयातित तरकारीमा अनियन्त्रित विषादीको अवशेष हुने र परनिर्भरता पनि बढ्ने भएकाले त्यसको विकल्प खोजिरहेको बिर्तामोड नगरपालिकाले गत वर्षको साउन ७ गते आफ्नै सामुदायिक तरकारी बिक्री केन्द्रको सुरुआत गर्दै आह्वान ग¥यो–‘पारिको होइन, वारिको खाउँ’ ।

हाल ‘पारिको होइन, वारिको खाउँ’ भन्ने सन्देशअन्तर्गत नै नगरको कृषि विकासका विभिन्न परियोजनाहरु सफलतापूर्वक अघि बढिरहेका छन् । उपभोक्ताले आफ्नै नगरमा उत्पादन भएको ताजा तरकारी खान पाएका छन् । नगरमा अहिले यो नारा लोकप्रिय मात्र बनेको छैन, आत्मनिर्भर अभियानमा हरेक नगरवासी जोडिन पुगेका छन् ।

नगरप्रमुख पवित्रा महतरा प्रसाईँले नगरपालिकाले बर्सेनि डेढ करोडभन्दा बढी बजेट कृषिमा लगानी गरिरहेको जनाउँदै यसबाट उत्पादन बढेको बताइन् । किसानको उत्पादनले उचित दाम पाउन सकोस् भनेर समर्थन मूल्य तोकिएको र किसानलाई मूल्य निश्चित गरिएको उनले बताइन् ।

नगरपालिकाले १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य तोकेको छ । नगरमा सूचीकृत किसानले फलाएको उत्पादनले न्यूनतम मूल्य नपाएमा नगरपालिकाले क्षतिपूर्तिबापत रकम भुक्तानी दिने गरेको छ ।

यो वर्ष समर्थन मूल्य प्रतिकेजी बोडी रु ३०, लौका २७, गोलभेँडा रु ३०, भेडे खुर्सानी रु ५१, घिरौँला रु २६, करेला रु ३२, बैगुन रु २६, सिमी रु ४६, भिण्डी रु ३६, काउली रु २६ र बन्दा रु २४ तोकिएको कृषि शाखाका प्रमुख कडरियाले जानकारी दिनुभयो ।

रोजाइ बन्दैछन् सामुदायिक बिक्री केन्द्र

‘पारिको होइन, वारिको खाउँ’ भन्ने कार्यक्रमको परिकल्पना गरेकी नगरप्रमुख प्रसाईंले सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनको पहिलो वर्षमै रु ७३ लाख २३ हजार ५४० मूल्य बराबरको स्थानीय उत्पादन बिक्री भएको बताइन्।

आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाको मुख्य सङ्कलन केन्द्रमा स्थानीय किसानले फलाएको २७६ मेट्रिक टन तरकारी बिक्रीका लागि ल्याइएको थियो । बजारको उतारचढावका कारण उचित मूल्य नपाएका ६७ जना किसानले एक वर्षमा न्यूनतम समर्थन मूल्यबापत रु १२ लाख ८१ हजार ८८७ भुक्तानी पाएका छन् ।

बिर्तामोड–७ स्थित हाम्रो कृषि फार्मले न्यूनतम समर्थन मूल्यबापत यस वर्ष सबैभन्दा बढी रकम रु पाँच लाख ३४ हजार ५११ पाएको छ । फार्मका सञ्चालक प्रदीप खनालले ४० बिगाहा जग्गा भाडामा लिएर धान, तरकारी र फलफूलको खेती गर्दै आएको बताए ।

“नगरपालिकाले किसानलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम ल्याएकै कारण हामी जस्ता युवा विदेश जान छाडेर कृषि पेसामा रमाइरहेका छौँ,” सात वर्षअघि ठेक्कापट्टा व्यवसाय छाडेर कृषिमा समर्पित भएर लागेका खनालले भने, “३० बिगाहामा धान र १५ बिगाहामा फलफूल लगाएको छु । १६ कट्ठामा बोडीखेती गरेको छु ।”

सोह्र कट्ठामध्ये आठ कट्ठामा उनले दैनिक ५०० केजी बोडी फलाएर नगरपालिकाको सामुदायिक तरकारी बिक्री केन्द्रमा पुर्‍याइरहेको बताए ।

कृषिबाटै वार्षिक रूपमा रु एक करोड मुनाफा गर्दै आएको उनको भनाइ छ ।

नगर उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले किसानले फलाएको तरकारी तथा फलफूलको विषादी अवशेष जाँचेर खानयोग्य प्रमाणित भएपछि मात्र सामुदायिक बिक्री केन्द्रमा पठाउने गरिएको बताए ।

“किसानको उत्पादनको सही मूल्य र उपभोक्ताको स्वास्थ्य जस्ता महत्त्वपूर्ण विषयमा हामीले ध्यान दिने गरेका छौँ,” उनले भने, “बिक्री केन्द्रमा समेत हरेक वस्तुको मूल्यसूची राख्ने व्यवस्था मिलाएका छौँ ।”

आयात प्रतिस्थापनमा योगदान

आफ्नै बारीको तरकारी खान प्रोत्साहित गरेर विर्तामोडले नगरपालिकालाई आत्मनिर्भर बनाउन प्रयास गरिरहेको छ । यसबाट आयात प्रतिस्थापन भई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने नगरका उपप्रमुख सङ्ग्रौला बताउँछन् ।

पछिल्लो जनगणनाअनुसार विर्तामोडमा एक लाख १६ हजार १९२ जनसङ्ख्या र २९ हजार ८५२ परिवारको बसोबास छ । भाडा र डेरामा बसोबास गर्नेहरूको आँकडा जोड्ने हो भने जनसङ्ख्या दुई लाख पुग्ने सम्भावना छ ।

पूर्वीनाका काँकडभिट्टा हुँदै भारतबाट बर्सेनि करोडौँको तरकारी तथा फलफूल नेपाल भित्रिने गरेको छ । जसको अधिकांश हिस्सा झापामा बिक्री हुन्छ ।

‘प्लान्ट क्वारेन्टाइन’ कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा भारतबाट रु ३८ करोड ३२ लाख १८ हजारको २१ हजार ५९ मेट्रिक टन ताजा तरकारी, रु ३८ करोड ११ लाख २१ हजारको सात हजार ७०३ मेट्रिक टन ताजा फलफूल, रु ६४ करोड १५ लाख २० हजारको पाँच हजार ३४६ मेट्रिक टन लसुन र रु ७३ करोड ८६ लाख ९६ हजारको ३० हजार ७७९ मेट्रिक टन आलु आयात भएको छ ।

“पारिको निर्भरता घटाउने भन्नासाथ आफ्नै बारीमा कसरी पर्याप्त मात्रामा तरकारी फलाउने भन्ने सोच्नुपर्ने हुँदो रहेछ,” उपप्रमुख सङ्ग्रौला भन्छन्, “हाम्रा प्रयासहरू त्यही दिशामा अग्रसर छन् । नगरपालिकाले एक कृषक समूह एक उत्पादनको अभियानलाई सार्थक रूपमा सञ्चालन गरिरहेको छ । यसबाट आत्मनिर्भरताको राम्रा परिणामहरू प्राप्त भइरहेका छन् ।”

बिर्तामोडको कुल क्षेत्रफल ७८ वर्ग किमीमध्ये ९२ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन रहेको जनाउँदै २४ प्रतिशतभन्दा बढी जमिनमा बाह्रैमास सिँचाइको सुविधा रहेको छ ।

नगरको अर्ग्यानिक कृषि अभियानले भान्साको आवश्यकता पूरा गर्न भारत जाने पैसा स्वदेशमै रोकिएको वडा नं ५ का अध्यक्ष रोहित प्रसाईँ बताउँछन् ।

Tags: #कृषि#झापा#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए
समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिका निर्विरोध निर्वाचित सभापति नरेन्द्रकुमार राई ‘प्रवीण’ नेतृत्वको ३७ सदस्यीय कार्यसमितिले शपथ ग्रहण गरी...

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय
FEATURE BREAKING

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

by माधव पोख्रेल
अशोज ८, २०८३
0

उदयपुर : चार दशकदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुमा बस्दै आएका बुद्धिमान् माझीको अहिले आफ्नै नाममा जमिन छैन । सप्तकोशीको बाढी...

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

अशोज ८, २०८३
उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.