Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इलामकाे ‘शीत भण्डार’ १४ वर्षदेखि प्रयोगविहीन

रासस by रासस
भदौ ५, २०८२
in समाचार
0
इलामकाे  ‘शीत भण्डार’ १४ वर्षदेखि प्रयोगविहीन
73
SHARES
Share on FacebookShare on Twitter

इलाम : इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो शीत भण्डार प्रयोगविहीन बनेको हो ।

सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार राईले सो शीत भण्डार सञ्चालन नभएकाले उत्पादित किबी भण्डारण गरेर राख्न नसकेको गुनासो गरे ।

“सिजनमै बिक्री गरिसक्नुपर्छ, अफ सिजनमा बिक्री गर्न सके मूल्य बढी पाइने थियो,” उनले भने, “हामीले सिजनमा यताबाट सस्तोमा बेचेको किबी अफ सिजनमा भारतबाट महँगो भएर आउँछ ।”

शीत भण्डार सञ्चालन गर्न सकिएमा यहाँ उत्पादित फलफूल र तरकारीले राम्रो मूल्य पाउने उनको भनाइ छ । शीत भण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित तरकारी तथा फलफूल महँगोमा झापा, मोरङलगायतका जिल्लामा लगेर भण्डारण गर्नुपर्ने बाध्यता छ ।

आफ्नो उत्पादन सस्तोमा बेच्नुपर्दा कृषिप्रति निरुत्साहित हुने गरेको इलाम नगरपालिका–८ का किसान उमेशचन्द्र महतको गुनासो छ । इलाम नगरपालिकाले पटक पटक प्रयास गरे पनि शीत भण्डार सञ्चालनमा ल्याउन नसकिएको जनाएको छ ।

२० लाख किलोग्राम क्षमताको शीत भण्डार निर्माण गर्दा डिजाइनमा त्रुटि भएका कारण सञ्चालन गर्न नसकिएको नगरपालिकाको भनाइ छ ।प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले अहिलेको प्रविधि अनुसारको संरचना नभएकाले सञ्चालन गर्न नसकिएको बताए ।

“हाम्रो शीत भण्डारको संरचना अहिलेको प्रविधि अनुसारको रहेनछ, एउटै च्याम्बरमा सबै खालका वस्तु राख्ने गरी बनाइएको रहेछ,” प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “पछिल्लो पटक निजी क्षेत्रका केही टोलीहरू हेर्न आएका थिए, तर शीत भण्डारको संरचना हेरेपछि उनीहरू त्यतिकै फर्किए ।”

शीत भण्डार सञ्चालनमा ल्याउन यसलाई फरक तापक्रममा विभिन्न वस्तु राख्न मिल्ने ‘मल्टी च्याम्बर’ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

रु पाँच करोड ४९ लाख ६७ हजार ६४६ मा २०६८ सालमा निर्माण गरिएको थियो । भारत सरकारको रु चार करोड ३९ लाख तीन हजार ८०८, नेपाल सरकारको रु ६७ लाख ५८ हजार ५४६ र इलाम नगरपालिकाको रु ४३ लाख पाँच हजार २९२ को लागतमा सो शीत भण्डार निर्माण गरिएको थियो ।

Tags: #राससइलामप्रयोगविहीन
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1001 shares
    Share 400 Tweet 250
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.