Tuesday, July 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशीमा माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढ्यो

रासस by रासस
भदौ १३, २०८२
in विविध, समाचार
0
कोशीमा माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढ्यो
67
SHARES
Share on FacebookShare on Twitter

झापा : कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन ।

किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन् । दुवै प्रकारका माछापालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताए ।

आर्थिक वर्ष २०८१।८२ मा प्रदेशमा दुई हजार ४४२ हेक्टर क्षेत्रफलमा पोखरी बनाएर कार्प जातको माछापालन गरिएको थियो ।

त्यसअघि आव २०८०।८१ मा दुई हजार १६ हेक्टर क्षेत्रफलमा मात्र माछापालन गरिएको उनले बताए । कार्प जातका माछाको उत्पादन बढेको छ । उक्त माछा आव २०८०।८१ मा नौ हजार ३७७ मेट्रिक टन उत्पादन भएको थियोभने आव २०८१।८२ मा उत्पादन बढेर ११ हजार ७६ मेट्रिक टन पुगेको छ ।

उपभोक्ताले रुचाउन माछाको अर्को जात पङ्गासको पनि उत्पादन र माछापालन क्षेत्रफल दुवै वृद्धि भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार आव २०८१।८२ मा पङ्गास माछा कोशी प्रदेशमा तीन हजार ३९९ मेट्रिक टन उत्पादन भएको थियो । जबकि आव २०८०।८१ मा यो माछा दुई हजार ३६६ मेट्रिक टनमात्र उत्पादन भएको थियो ।

निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशमा आव २०८१।८२ मा पङ्गास माछापालन गरिएको पोखरीको सङ्ख्या चार सय १३ र आव २०८०।८१ मा मात्र चार सय पाँच रहेको थियो । आव २०८१।८२ मा यो माछापालन भइरहेको क्षेत्रफल एक सय १० हेक्टर र आव २०८०।८१ मा ७८ हेक्टर रहेको थियो ।

पहाडमा बग्ने सफा पानीमा पालिने रेन्बो ट्राउटको माछापालन भने घटेको छ । आव २०८०।८१ मा ४३ वटा पोखरीमा यो माछापालन गरिएको थियो भने आव २०८१।८२ मा घटेर २९ भएको निर्देशनालयले जनाएको छ ।

कोशी प्रदेश सरकारले माछापालनमा जोड दिँदै आएता पनि आवश्यकता धान्ने गरी उत्पादन बढाउन सकेको छैन । मत्स्य विकास अधिकृत लिम्बूले प्रदेशमा प्रतिव्यक्ति वार्षिक ११ केजी ५०० ग्राम माछा उपभोग हुने गरेको बताए ।

जबकि, आव २०८०।८१ मा उत्पादनको उपलब्धता वार्षिक प्रतिव्यक्ति एक केजी ८०० ग्राम र आव २०८१र८२ मा दुई केजी २६० ग्राम रहेको उनले बताए ।

प्रदेशमा खपत भएअनुसारको उत्पादन बढाउन नसक्दा अझै पनि भारतबाट आयातित माछामा निर्भर हुनुपर्ने बाध्यता छ । कोशी प्रदेशका ५६ वटा सिमसार पोखरीमा माछापालन गरिएको छ ।

Tags: #झापा#राससमाछामाछापालन
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

समाचार

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

by रासस
साउन ५, २०८३
0

झापा : जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो एक वर्षको अवधिमा जिल्लाबाट हराएका अधिकांश व्यक्तिको सफलतापूर्वक खोजी गरेको छ । प्रहरीको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ हलगडा चोकमा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–२–००२ ख...

प्रलोभन देखाएर ठगी गर्ने मोरङका एक पुरुष पक्राउ

झापामा डिजिटल ठगीको जोखिम बढ्यो, सयौँ मुद्दा अनुसन्धानमै

साउन ४, २०८३
सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

साउन ४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा वन कार्यालयको स्कोरपियोसँग सफारी ठोक्किँदा यात्रुको मृत्यु

साउन ४, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

साउन ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३
प्रलोभन देखाएर ठगी गर्ने मोरङका एक पुरुष पक्राउ

झापामा डिजिटल ठगीको जोखिम बढ्यो, सयौँ मुद्दा अनुसन्धानमै

साउन ४, २०८३
सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

साउन ४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    425 shares
    Share 170 Tweet 106

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.