इटहरी : ११२ औँ बीपी जयन्तीको अवसरमा बुधबार सुनसरीको रामधुनी नगरपालिका–३ हरिपुरमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं.२ (क) ले वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरेको छ।
सभापति सुवेक्छु देवानका अनुसार बीपी सप्ताहको अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्। उनका अनुसार बुधवार सप्ताहको औपचारिक उद्घाटन गरिएको हो ।
आउँदो शनिवार कांग्रेस दौड तथा भदौ २४ गते बीपीको जन्मजयन्तीका दिन बीपी विचार तथा साहित्य उत्सव कार्यक्रम गरिने उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारीले क्षेत्र नं. २ (क) ले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरे। जसले समाजलाई जोड्ने र उत्कृष्ट गतिविधि प्रस्तुत गरेको भण्डारीले उल्लेख गरे।












Discussion about this post