इटहरी : जेन–जी आन्दोलन चर्किएसँगै इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा मंगलबार दिउँसो आगजनी भएको छ।
प्रदर्शनकारी समूहले मेयर पौडेलको निजी निवास इटहरी १ मा ढुंगामुढा गरेपछि आगजनीसमेत भएको प्रहरीले पुष्टि गरेको छ।
आगजनीका कारण घरमा ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि ठूलो संख्यामा जेन–जी पुस्ता घटनास्थलमा रहेका छन्।
आन्दोलनका क्रममा सोमबार इटहरी उपमहानगरपालिकामा आगजनी गरिएको थियो ।
इटहरीमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएपछि आन्दोलनले थप उग्र रूप लिएको हो।












Discussion about this post