इटहरी : देशव्यापी आन्दोलनका क्रममा कोशी प्रदेशमा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ भने तीनजनाको उपचार जारी छ । यसैगरी ६ जना डिस्चार्ज भएका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा. डा. अन्जु प्रधानका अनुसार भदौ २४ गते दिउँसो ४ बजेदेखि भदौ २५ गतेसम्म प्रतिष्ठानले उक्त विवरण सार्वजनिक गरेको हो ।
उनीहरूमध्ये २२ वर्षीय पूर्ण परियारको आपत्कालीन कक्षमा उपचार भइरहेको छ भने अन्यलाई डिस्चार्ज गरिएको छ ।
घाइते हुनेमा प्रमिल थापा (२३), सचिन कटवाल (२०), विशाल विश्वकर्मा (२५), अनिश रुञ्च (१८), पूर्ण परियार (२२), सुजन श्रेष्ठ (३१) र समीर लामा (१६) रहेका छन् । उनीहरूमध्ये केहीको उपचार भइरहेको छ ।
त्यसैगरी, भदौ २३ गतेदेखि हालसम्म आन्दोलनका क्रममा घाइते भई प्रतिष्ठानमा ल्याइएका बिरामीको संख्या ११ पुगेको छ । तीमध्ये ६ जनाको उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जना अझै उपचाररत छन् ।
प्रतिष्ठानमा ल्याउँदा नै दुई जनाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।




















Discussion about this post