इटहरी : कोशी प्रदेशमा जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
झापाको बिर्तामोडमा प्रहरीसँगको झडपमा घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो ।
यसअघि झडपमा झापा अर्जुनधाराका ३० वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो । यसैगरी भदौ २४ गते एकैदिन सुनसरीको इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का मोहन सरदारको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार प्रदेशभरी हाल चार जनाको मृत्यु भएको हो । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताए ।
नेपाली सेनासँग समन्वय गरी विवरण संकलन भइरहेको उनले बताए ।
उनले भने, ‘सबै क्षेत्रबाट विवरण संकलन भएपछि संयुक्त अपरेशन टोलीमा जानकारी हुन्छ । त्यसपछि मात्रै फाइनल रिपोर्ट सार्वजनिक हुन्छ ।’
प्रदर्शन नियन्त्रणमा लिने क्रममा केही प्रहरी सामान्य घाइते भए पनि गम्भीर घाइते नभएको र सम्पर्कविहीन रहेका करिब ८–१० जना प्रहरीहरू पनि सुरक्षित रहेको उनले जानकारी दिए ।














Discussion about this post