Wednesday, August 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा : आगजनीमा परेका पालिकाले सुरु गरे अत्यावश्यक सेवा

रासस by रासस
अशोज ६, २०८२
in समाचार
0
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

सांकेतिक तस्बिर । तस्बिर स्रोत : गुगल ।

63
SHARES
Share on FacebookShare on Twitter

झापा : जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका अर्जुनधारा, मेचीनगर, कनकाईलगायत जिल्ला अधिकांश पालिकाले अत्यावश्यक सेवा सुरुवात गरेका छन् ।

गत भदौ २४ गते जिल्लाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड भएका थिए । त्यसयता पालिकाहरु बन्द थिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले नगरका ११ वटै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यकीय सेवा सुरु भइसकेको बताए ।

‘नगरपालिकाको सेवा केही दिनअघि नै सुरु गरिएको थियो,’ उनले भने, ‘सबै वडा कार्यालयको सेवा पनि आइतबारदेखि थालेका छौँ । जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका सेवाहरु अब सुचारु भएका छन् । जुन तत्काल नहुँदा पनि हुन्छ, त्यस्तो सेवा चाहीँ अहिले दिन सक्दैनौँ ।’

नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला सिफारिस, राजस्व सङ्कलन लगायतका सेवा सुरु भएको हो ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासा गरेको छ । ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतको सामाजिक सुरक्षा भत्ता बैंक खातामा पठाइसकिएको उनले बताए ।

नगरपालिकामा ११ वडा छन् । जेनजी आन्दोलनका क्रममा नगरपालिका र सबै वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

भग्नावशेषहरुको सरसफाइ र मर्मत गरेर नगरपालिका कार्यालयको सभाहलमा एउटै थलोबाट सबै वडाको एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए ।

कनकाई नगरपालिकाले आगजनीमा परेको भवनबाटै आज सेवा सुरु गरेको छ । नगरमा नौ वटा वडा कार्यालय छन् ।

सबै वडा कार्यालयमा जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएका थिए । न

गरपालिकाबाट न्यूनतम् आवश्यक सेवा प्रदान गर्न थालिएको र दुई दिनपछि सबै वडाले आफ्नै वडा कार्यालयबाट वडावासीलाई सेवा दिनेगरी तयारी भइरहेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए ।

नगरका ६ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । सामाजिक सुरक्षा कार्ड नवीकरण भएका सबैको भत्ता बैंक खातामा पठाइसकेको उनले जानकारी दिए । ध्वस्त भएको वडा कार्यालयमा सरसफाइ सकेर विद्युत्, इन्टरनेट, फर्निचर, पानी लगायतको सुविधा पुर्याइएको उनले बताए ।

‘आन्दोलनमा नगरपालिकाको मुख्य भवनको भूइँतला पूर्णरुपमा जलेको छ,’ उनले भने, ‘जलेको भागको खरानी पन्छाउँदै कार्यालय पुनःसञ्चालन गरेका छौँ । भवन प्रयोग गर्न उपयुक्त हो कि होइन भनेर प्राविधिक परीक्षण हुन बाँकी छ ।’

मेचीनगर नगरपालिकाको मुख्य प्रशासनिक भवन र १५ वटामध्ये १४ वटा वडा कार्यालय जेनजी आन्दोलन क्रममा आगजनी र तोडफोड भएका थिए ।

नगरपालिकाले आइतबारदेखि आंशिक सेवा प्रारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।

‘अति आवश्यक विषयलाई प्राथमिकता दिएर सेवा सुरु गरेका छौँ,’ उनले भने– ‘वडा कार्यालयबाट पनि सरसफाइ गरेर जनताको सेवा सुचारु गरिएको छ । हामी युद्धस्तरमा काम गरिरहेका छौँ ।’

‘विर्तामोड नगरपालिका, कचनकबल गाउँपालिका र झापा गाउँपालिकाले सरसफाइ गरिरहेका छन् । भवन ध्वस्त भएको छ, कागजपत्र जलेर खरानी भएका छन्,’ विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाइँले भनिन्, ‘अत्यावश्यक सेवा पाँच दिनपछि सुचारु गर्छौं ।’

Tags: #झापा#राससआगजनी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
FEATURE BREAKING

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
FEATURE BREAKING

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

ताप्लेजुङ : घरभित्र बिरालोले ल्याएको सर्प निकाल्ने क्रममा ताप्लेजुङमा एक युवतीको ज्यान गएको छ। फुङलिङ नगरपालिका–९ सिद्धिडाँडाकी १९ वर्षीया युना...

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

भदौ २, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.