धरान : भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका तीन कैदी धरानबाट पक्राउ परेका छन्।
प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फरार कैदीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ बस्ने ४२ वर्षीय सन्दीप थापा, धरान–१५ बस्ने ३२ वर्षीय सुनील श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय लक्की गरुङ रहेका छन्।
तीनै जना लागूऔषध मुद्दामा सजाय भोगिरहेका कैदी भएको प्रहरीले जनाएको छ। पक्राउ परेका कैदीहरूलाई बिहीवार ६ बजेतिर पुनः झुम्का कारागार पठाइएको छ।














Discussion about this post