सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा ट्रामाडोल क्याप्सुल बरामद गरेको छ।
प्रहरी चौकी भोक्राहाबाट खटिएको टोलीलाई देखेपछि दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार तीन जनाले बोकेको जेब्रा झोला फालेर फरार भएका थिए।
उक्त झोलामा ट्रमाडोल लेखिएका ६,८६० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।
बरामद औषधि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको र फरार व्यक्तिहरू तथा मोटरसाइकलको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।












Discussion about this post