इटहरी : झुम्का कारागारबाट गत भदौ २४ गते फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी रहेका भारतको नरपतगंज पञ्चायत–७ घर भई हाल सुनसरीको दुहबी नगरपालिका–६ मा डेरा गरी बस्ने २१ वर्षीय अलिसेख मिया पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय दुहबीको टोलीले बिहीवार बिहान ११ः५० बजेतिर दुहबी–६ स्थित शिव मन्दिर छेउबाट उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मियालाई आवश्यक कारबाहीका लागि इप्रका दुहबीमा राखिएको छ।














Discussion about this post