इटहरी : सुनसरीको विभिन्न स्थानमा अवैध रूपमा आतसबाजी (पटकाहरू) बरामद गरिएको छ ।
ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी अनुसन्धानले ठूलो परिमाणमा आतसबाजी बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका इकाइबाट खटिएको प्रहरी टोलीले असोज २१, २२ र २३ गते सुनसरीका विभिन्न क्षेत्रमा गरेको चेकजाँचका क्रममा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ लाख ६० हजार बराबरका विभिन्न प्रकारका आतसबाजी बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बरामद गरिएका पटकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पटका ओसारपसार तथा कारोबारमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post