विराटनगर : मानव अधिकार रक्षा तथा मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन र हिंसा पीडितलाई सहयोग गर्ने उद्देश्यले विराटनगरमा मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले सहायता कक्ष गठन गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा आयोजित मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले इन्सेक कोशी प्रदेश सचिवालय रहने गरी सहायता कक्षको गठन गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश पर्यवेक्षक रहने निर्णय गरेको बैठकले सहायता कक्षमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश, गैसस महासङ्घ कोशी, मानव अधिकार रक्षक सञ्जाल विराटनगर, महिला मानव अधिकार रक्षक सञ्जाल कोशी, राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी, मानव अधिकारका लागि एकल महिला समुह, जेष्ठ नागरिक महासङ्घ कोशी, उच्च अदालत बार एशोसिएसन विराटनगरलगायतका संघ संस्थालाई राख्ने निर्णय गरेको छ ।
इन्सेकले मानव अधिकार सहायता कक्षको प्रभावकारिता बढाउन सबै मानव अधिकार रक्षकहरूको साथ, सहयोग र चासोको आवश्यकता रहेको जनाएको छ ।
इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले विभिन्न हिंसामा परेका गरिब विपन्न वर्गका पीडित र जोखिममा परेका मानव अधिकार रक्षकलाई सहायता कक्षमार्फत न्याय प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले कानुनी र आर्थिक सहयोग प्रदान गर्दै आइरहेको बताए ।
आर्थिक सहयोगका साथै सम्बन्धित निकायमा न्यायका लागि सहायता कक्षले पहलसमेत गर्ने गरेको उनले बताए ।
इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत कोशी प्रदेशमा ७ जना विभिन्न हिंसा पीडित महिला र मानव अधिकार रक्षकलाई सहयोग गरेको उनको भनाइ छ ।
मानव अधिकार रक्षकमाथिको जोखिमबारे छलफल, बैठक गरी समस्या निराकरण गर्ने, पीडित मानव अधिकार रक्षकहरूलाई आर्थिक सहायता तथा कानुनी उपचारका लागि सहयोग गर्ने उद्देश्यका साथ मानव अधिकार सहायता कक्ष गठन भएको इन्सेकले जनाएको छ ।
जोखिममा परेका रक्षकका साथै गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका हिंसा पीडित महिला, बालबालिकाको उद्दार, राहत, पुनस्र्थापना र आवश्यक सहयोग पु¥याउन र कानुनी उपचारका लागि पनि सहायता कक्षले सहयोग गर्ने बताइएको छ ।
विभिन्न हिंसामा परेका गरिब विपन्न वर्गका पीडितलाई सहायता कक्षमार्फत सहयोग हुने गरेको र घटनाको स्थलगत अध्ययनपश्चात मात्र पीडितलाई सहयोग गर्ने गरिएको छ ।
कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक पोखरेलले सहायता कक्षको स्थापनादेखि हालसम्म भएका गतिविधिबारे प्रोजेक्टरका माध्यमबाट सचित्र जानकारी गराए ।
मानव अधिकार रक्षकहरूबीच आपसी समन्वय आवश्यक रहेको तथा मानव अधिकारको सामयिक अवस्थाबारे छलफल गरी रक्षकहरूको सुरक्षा विषयमा आगामी योजना र लक्ष्यका बारेमा ऐक्यबद्ध बनाउन सहायता कक्ष उपयुक्त माध्यम भएको मानव अधिकार सञ्जालका संयोजक बासु अधिकारीले बताए
गैसस महासङ्घ कोशीका प्रभा अधिकारीले पीडितहरुलाई न्यायको पहुँचमा पु¥याउन सहायता कक्ष आवश्यक र उपयोगी रहेकोले निरन्तरता दिनुपनेमा जोड दिइन् ।
राज्यलाई खबरदारी गर्न र जोखिमयुक्त चुनौतीपूर्ण काम गरिरहेका मानव अधिकार रक्षकहरूको सुरक्षार्थ समन्वय महत्वपूर्ण हुने जेष्ठ नागरिक महासङ्घ कोशीका देवी बास्कोटाले बताइन् ।












Discussion about this post