इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ।
धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ का विभिन्न क्षेत्रहरूमा रहेको करिब ५ रोपनी क्षेत्रफलमा हुर्केका ९ हजार ५ सय थान गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको जनाएको छ।
त्यस्तै, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेको करिब ९ रोपनी बारीमा लगाइएका तथा आफैं उम्रिएका १ हजार १ सयभन्दा बढी गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको हो।
प्रहरीका अनुसार यस अभियानलाई प्रदेशभर निरन्तर रूपमा विस्तार गर्दै लैजाने र अवैध लागूऔषधजन्य बाली विरुद्ध कारबाही गर्ने तयारी भइरहेको छ।












Discussion about this post