सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–५ गोचाकामत टोलमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवी र सितागञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट २५७ किलो ४५ ग्राम गाँजा फेला पारेको हो ।
प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स्कार्पियोलाई पछ्याइरहेको बेला चालक गाडी छाडेर फरार भएका छन् । गाडी चेकजाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएका ११ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूऔषध तथा स्कार्पियो गाडीलाई इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
फरार चालकको पहिचान तथा खोजतलासको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।













Discussion about this post