Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

एकसिङ्गे गैँडा गणना आनुवंशिक विधिबाट गर्ने तयारी

रासस by रासस
कार्तिक २५, २०८२
in पर्यावरण, समाचार
0
चितवनबाट ल्याइएका दुई गैँडा कोसी टप्पुमा स्थानान्तरण
68
SHARES
Share on FacebookShare on Twitter

बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधिबाट गर्ने तयारी गरिएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चार/चार वर्षमा गर्दै आएको गैँडा गणना गत वर्ष रोकिएको थियो।

यस वर्ष बाघ गणनासमेत गर्ने तयारी छ। बाघ गणनापछि गैँडा गणनाको तयारी गरेको विभागले विगतको भन्दा फरक विधि प्रयोग गरेर गणना गर्ने तयारी गरेको हो।

विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरिएको छ।

समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले केही दिनमा नै प्रोटोकल तयार गरी बैठक बसेर छलफल गरिने बताए।

यो विधिबाट गैँडा गणना गर्दा वैज्ञानिक र दीर्घकालीन दृष्टिले उत्तम हुने उनको भनाइ छ। नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ।

भारतमा केही महिनाअघि हात्तीको यही विधिबाट गणना गरिएको जनाउँदै उनले विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने बताए।

विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो। यो विधिबाट गणना गर्दा निकै खर्चिलो हुने र जोखिमपूर्ण हुने गर्छ।

आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा तीन करोड हाराहारी खर्च भएको थियो। सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए।

यसरी गणना गर्दा तीन साता समय लाग्ने गर्दछ। त्यसमा ठूलो सङ्ख्यामा हात्ती लगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ।

आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताए।

अन्तिम टुङ्गो लगाउन बाँकी रहेको भन्दै उनले आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने बताए।

आउँदो पुसमा बाघ गणना गर्ने तयारी गरिएको छ। बाघ रहेका पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो।

बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको छ। गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो।

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागेको छ।

बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ। सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ। आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो। एकसिङ्गे गैँडा गणना चैतमा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ।

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ। यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो।

सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्याङ्क छ।

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए। सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो।

नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान छ। सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो।

Tags: #राससगैँडापर्यावरण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद
समाचार

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

by माधव पोख्रेल
अशोज २, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ साँघुरीबाट सशस्त्र प्रहरीले १ सय ३० किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल...

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम
समाचार

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

by माधव पोख्रेल
अशोज २, २०८३
0

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० मा गत महिनादेखि सुरु भएको ‘हातेमालो श्रमदान कार्यक्रम’ले स्थानीयस्तरमा उत्साह बढाएको छ। टोल विकास संस्थामार्फत...

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३
कोशीमा संविधान दिवसको तयारी पूरा

कोशीमा संविधान दिवसको तयारी पूरा

अशोज २, २०८३
मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३
मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३
कोशीमा संविधान दिवसको तयारी पूरा

कोशीमा संविधान दिवसको तयारी पूरा

अशोज २, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    461 shares
    Share 184 Tweet 115
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.