इटहरी : निर्वाचन आयोगले मतदाता नामावली संकलनको अवधि पाँच दिन थप गरेको छ।
शुक्रबार आयोगले मतदाता नामावली संकलन कार्य पाँच दिन थप गरेको हो। अब मंसिर ५ गतेसम्म मतदाता नामावली संकलन कार्य सुचारू रहनेछ।
यसअघि सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्न सकिने समयावधि तोकेको थियो।
यो समयमा न्युन संख्यामा मात्रै मतदाता नामावली संकलन भएको र प्राविधिक रूपमा पनि विभिन्न कठिनाई देखिएका थिए।
थपिएको समयमा बिदाका दिन पनि निर्वाचन कार्यालयहरू खुला रहनेछन्। यस्तै इन्टरनेट र अन्य प्राविधिक समस्या आएमा समाधानका लागि २४ सै घण्टा प्राविधिक जनशक्ति खटाइएको आयोगले जनाएको छ।













Discussion about this post