Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा र मोरङको जङ्गली क्षेत्रमा मानव–हात्ती द्वन्द्वको जोखिम

रासस by रासस
मंसिर ६, २०८२
in समाचार
0
झापामा हात्तीको आक्रमणबाट एक वृद्धको निधन

तस्बिर स्रोत : एआई ।

60
SHARES
Share on FacebookShare on Twitter

झापा : नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो अवधिसम्म झापा र मोरङको जङ्गली क्षेत्रमा बसेपछि मानव–हात्ती द्वन्द्वको जोखिम बढेको छ ।

वन्यजन्तु संरक्षणमा चासो दिइरहेकाहरूले पहिल्यैदेखि यी दुई जिल्लाको जङ्गलमा घटीमा ३० वटा रैथाने हात्ती रहेको बताउँदै आएका छन् । अब फेरि हात्ती थपिएपछि मानवसँग द्वन्द्व बढ्ने त्रास उत्पन्न भएको हो ।

गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जङ्गलबाट पूर्वतर्फ लागेका २५ देखि ३० वटा हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने सम्भावना देखिएको थियो । ती हात्तीको बथान दुई वर्ष अघि बाहुनडाँगी गौडाबाटै नेपाल भित्रिएका थिए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले मोरङबाट झापाको रतुवामाई वृक्षरोपणको जङ्गल क्षेत्रसम्म आइपुगेका हात्तीको बथान छिन्नभिन्न भएर ठूलो सङ्ख्या मोरङतिरै फर्किसकेको र अरु दुई झुण्ड झापाको जङ्गलतिरै बरालिरहेको जानकारी दिए ।

सीमित क्षेत्रफलको जङ्गलमा लगातार हात्तीको सङ्ख्या थपिदै जाँदा मानव–हात्ती द्वन्द्व स्वतः बढिरहेको छ । जङ्गलमा हात्तीका लागि त्रासरहित बास र पर्याप्त आहार छैन । भोकाएर हात्तीको बथान गाउँबस्तीतिर प्रवेश गर्ने हुँदा त्यसको मार जङ्गल छेउका बासिन्दाले व्यहोरिरहेका छन् ।

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले मोरङको जङ्गलबाट पूर्व लाग्नेबित्तिकै हात्तीको बथान सरासर हिँडेर भारततिरै जान्छ भन्ने सोचाइ गलत भएको बताए।

“हात्ती घुमन्ते प्राणी हो, तर उसले आहार र सुरक्षित बासस्थान पाउञ्जेल हत्तपत्त ठाउँ छाडिहाल्दैन”, उनले भने, “मोरङबाट झापातिर आइपुगेको हात्तीको बथानमा साना बच्चाहरू र किशोर उमेरका हात्तीको सङ्ख्या अधिक छ । उनीहरूलाई माउ हात्तीले डुलाउँदै, खुवाउँदै र ठाउँ चिनाउँदै ढिलो बसाई सार्छन् ।”

भारतको आसामदेखि पश्चिम बङ्गालको सुकुना हुँदै नेपाल भित्रिने बथानका हात्तीले पुस्तौँदेखि निरन्तर ओहोरदोहोर गरिरहेको उनले बताए । हाल झापा र मोरङमा आहारका लागि धान, मकै र केरा पर्याप्त भएकाले हात्तीहरू भारततिर नगएको हुनसक्ने उनको भनाइ छ ।

झापामा बथान छुट्टिएका हात्तीसँग दमकको हम्सेदुम्से र शिवसताक्षी क्षेत्रमा स्थानीयवासीको जम्काभेट हुन थालेको छ । बथानमा रहेका हात्ती दिनभरि बाक्लो बन क्षेत्रमा बास बस्ने र दिउँसो आहाराको खोजीमा हिँड्ने गर्छन् । जङ्गलमा दाउरा लिन र गाईबस्तु चराउन जानेहरू हात्तीको आक्रमणमा पर्ने उच्च जोखिम छ ।

रैथाने हात्तीको तुलनामा बसाई सरी आएका बथानका हात्ती कम आक्रामक हुने गरेको खरेलले बताए ।

उनले जनावर भएकाले हात्तीलाई जिस्काउने, आगो झोस्ने र बिथोल्ने गतिविधि गर्दा नै मानवीय क्षति निम्तिने गरेको बताए ।

Tags: #झापा#रासस#हात्तीजोखिममावन–हात्ती द्वन्द्व
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान
विविध

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

by रासस
बैशाख १८, २०८३
0

झापा : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
समाचार

लागूऔषधसहित पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०८३
0

विराटनगर : झापा, सुनसरी र इलामबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो...

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा

बैशाख १८, २०८३
सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1524 shares
    Share 610 Tweet 381
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.