इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको जिम्मेवारी डीआईजी विनोद घिमिरेले पाएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार तीन जना डीआईजी सरुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जसमध्ये कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी घिमिरेले पाएका हुन्। यसअघिका प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै कोशी प्रदेशमा प्रहरी प्रमुख रिक्त भएको थियो।
जिम्मेवारी पाएका घिमिरे प्रहरीको केन्द्रीय प्रवक्ता थिए।
यसैगरी प्रदेश समन्वय विभागमा दिलिप सिंह देउवा र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ।















Discussion about this post