ईलाका प्रहरी कार्यालय इटहरीबाट आफ्नो कार्यकाल पूरा गरी सरुवा भएका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई बिदाई गरिएको छ ।
गत वर्ष भदौ २५ गते ईलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी सम्हालेका भण्डारीलाई बिहीबार बिदाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा भएका भण्डारीलाई इटहरी उपमहानगरपालिकाले समेत बिदाई गरेको थियो।
नेपाल प्रहरीका अब्बल अधिकृतको रुपमा रहेका भण्डारीलाई बिदाई कार्यक्रममा इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरीमा डीएसपी भण्डारीको महत्वपूर्ण भूमिका रहेको बताए ।
इटहरीबाट बिदाई भएपछि भण्डारीले आँफूले इटहरीमा ठगी गर्नेहरुको संख्या बृद्धि भएको र त्यसलाई न्यूनीकरणमा आफ्नो भूमिका अब्बल रहेको बताए ।
उनले भने, ‘१२ महिना इटहरीमा बस्दा यहाँ भएका आर्थिक अपराधका घटना न्यूनीकरणका लागि मलाई साथ र सहयोग प्रदान गर्नुहुने सम्पुर्ण इटहरीवासी वुद्दिजिवी, समाजसेवीहरुमा आभार प्रकट गर्दछु ।’
उनले इटहरी क्षेत्रमा आर्थिक अपराधको घटना मौलाउँदै गएकाले सचेत रहन अपिल गरेका छन् । इटहरीमा आर्थिक अपराधको घटना बढ्दो रहेकाले सचेत रहन उनको सुझाव थियो ।
डीएसपी भण्डारी सरुवा भएर जिल्ला प्रहरी कार्यालय कपिलवस्तु गएसँगै इटहरीमा अर्जुन केसी आउने भएका छन् ।












Discussion about this post