Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

रासस by रासस
मंसिर १८, २०८२
in विविध, समाचार
0
ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र
66
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : यहाँको टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ ।

काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय निराश भएका छन् ।

अस्पताल सम्झौता अनुसार २०८० सालको असारमा सम्पन्न गर्ने गरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको थियो ।

सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ ।

अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक रु दश करोड १३ लाख ८३ हजार रहेको छ । हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ ।

खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन् ।

काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग रहेको स्थानीय भवानी नेपालले बताए ।

“अस्पताल निर्माण पाँच वर्षदेखि अलपत्र छ”, उनले भने, “अस्पताल बनेर सेवा पाइएला भन्ने आशामा जग्गा दिएका थियौँ । अहिले काम अलपत्र बनेपछि हामी निराश बनेका छौँ । सरकारले ठेकेदारलाई कारबाहीको दायरामा ल्याएर काम सञ्चालन गर्न हामी माग गर्दछौँ ।”

देश विदेशमा रहेका कोटबासी तथा स्थानीयसँग समन्वय गरेर १३ दशमलव पाँच रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गरिएको स्थानीय योगेन्द्र कटुवालले बताए । स्थानीयसँग रकम सङ्कलन गरेर जग्गा खरिद गरिएको उनको भनाइ छ ।

“अस्पताल बन्ने आशामा देश विदेशमा रहेका तथा स्थानीयसँग समन्वय गरी रकमको व्यवस्थापन गरेर जग्गा प्रदान गरेका हौँ”, उनले भने, “अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ । लामो समयसम्म पनि अस्पताल बनेन ।”

गाउँपालिकाले अस्पताल भवन समयमा सम्पन्न गराउन पटक पटक समन्वय गरे पनि निर्माण कम्पनी सम्पर्कमा नआएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

ठेकेदारले लामो समयदेखि काम अलपत्र पारेकाले गाउँपालिकाले उक्त कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

“ठेकेदारका कारण कोट अस्पताल निर्माण अलपत्र बनेको छ”, अध्यक्ष बस्नेतले भने, “कामलाई शीघ्र अघि बढाउन पालिकाको तर्फबाट पटक पटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा आएन । अब भने कारबाहीको थप प्रक्रिया अघि बढाउने तयारीमा छौँ ।”

यहाँ अस्पताल बनेपछि टेम्केमैयुङ–६,७, ५ ८ र ९ का स्थानीय लाभान्वित हुनेछन् ।

Tags: #भोजपुर#राससअलपत्रअस्पताललापरबाही
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
FEATURE BREAKING

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार
विविध

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

धान उत्पादनमा प्रख्यात ओखलढुङ्गाको रामपुरटार क्षेत्र । तस्बिर : नवराज कार्की/रासस

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३
हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

अशोज २६, २०८३

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३
तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

अशोज २७, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.