Thursday, January 22, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन

रासस by रासस
मंसिर २१, २०८२
in समाचार
0
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान
59
SHARES
Share on FacebookShare on Twitter

झापा : जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ ।

जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिए ।

उनका अनुसार गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टर क्षत्रफलमा तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व पाँच दशमलव शून्य ७३ रहेको थियो ।

बेमौसमी तथा अनियमित वर्षाका कारण धानखेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष दुई हजार ७१६ दशमलव ५३ हेक्टर घटेको प्रमुख विष्टले बताउँदै उत्पादकत्व बढेर पाँच दशमलव १९५ पुगेको जानकारी दिए ।

गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । उक्त क्षतिबाट अनुमानित रु ७८ करोड ११ लाख ५६ हजार बराबरको क्षति भएको छ ।

बेमौसमी वर्षाका कारण खेतीमा ठूलो क्षति व्यहोरेका किसान यतिबेला मूल्य नपाएर समस्यामा परेका छन् । सरकारले गत साउनमा बर्खे धानको न्यूनतम समर्थन मूल्य बढाएको थियो । मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ ।

केही वर्षअघिसम्म किसानले धान भित्र्याउन सुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या रहेकामा पछिल्ला केही वर्षदेखि सरकारले मूल्य तोक्न थालेको छ ।

सरकारले समयमा धानको समर्थन मूल्य तोके पनि किसानले मूल्य नपाउने समस्या भने जस्ताकोतस्तै रहेको किसानको गुनासो छ । झापामा हाल किसानले मध्यम धान प्रतिक्विन्टल रु तीन हजार र मोटा धान रु दुई हजार ७५० मा बिक्री गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले भने, “किसानले सरकारले तोकेको मूल्य पाउन सकेका छैनन्, किसानको गुनासो आइरहेको छ ।”

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले हाल किसानले धानको समर्थन मूल्य नपाएको स्वीकारे ।

“अहिले प्रतिक्विन्टल रु तीन हजार १०० मा मध्यम धान बिक्री भइरहेको छ”, उनले भने, “अब मूल्य समायोजन गरी बढ्ने छ ।” सुरुसुरुमा धानमा चिस्यान बढी हुने भएकाले मूल्य कम भएको हुनसक्ने बताउँदै उनले धानको गुणस्तर राम्रो भएकाले मूल्य बढ्ने विश्वास व्यक्त गरे ।

Tags: #झापा#राससधान
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ
समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
माघ ८, २०८२
0

धरान : जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान उपमहानगरपालिका-२ स्थित चिनियाँ चोकमा चेकजाँचका क्रममा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ...

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश
खेलकुद

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

by गुरु ढकाल
माघ ८, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमी...

रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२
२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

माघ ८, २०८२
विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

माघ ७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

माघ ८, २०८२
विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

माघ ८, २०८२
रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    458 shares
    Share 183 Tweet 115
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    267 shares
    Share 107 Tweet 67
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    240 shares
    Share 96 Tweet 60
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    193 shares
    Share 77 Tweet 48

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.