Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उदयपुरका दनुवार समुदाय न्वाङ्गी पर्व मनाउँदै

रासस by रासस
मंसिर २४, २०८२
in समाचार
0
उदयपुरका दनुवार समुदाय न्वाङ्गी पर्व मनाउँदै
61
SHARES
Share on FacebookShare on Twitter

कटारी : उदयपुरका दनुवार समुदाय न्वाङ्गी (नेमान) पर्व मनाउँदै छन् । समुदायले धान काटेर भित्र्याएसँगै यो पर्व मनाउने गर्दछन् ।

जिल्लास्थित दनुवार जागरण समाजका अध्यक्ष कृष्णराज दनुवारका अनुसार यस वर्षदेखि जिल्लामा हरेक वर्ष २५ मंसिरका दिन नेमान पर्व मनाउने निर्णय भएको छ ।

“जिल्लामा पहिलोपटक २५ मंसिरलाई दनुवारको न्वाङ्गी मनाउने निर्णय गरेका छौँ”, उनले भने, “अब प्रदेश र केन्द्रसँग समन्वय गरेर यसलाई देशैभरिका दनुवारले मनाउने पर्वका रूपमा एकरुपता ल्याउन पहल गर्नेछौँ ।”

दनुवार समुदायले धान पाकेपछि मुट्ठी लिएर खेतमा पूजा गर्ने प्रचलन रहेको जनाउँदै अध्यक्ष दनुवारले आफूहरूको समुदाय कृषि पेसामा आधारित भएकाले पर्वलाई महत्त्वका साथ मनाउने गरिएको जानकारी दिए ।

धान पाक्न थालेपछि गाउँका अगुवाको नेतृत्वमा कुन दिन मुट्ठी लिने र न्वाङ्गी खाने भन्ने निर्णय गरिन्छ । सोही दिन न्वाङ्गी खाने प्रचलन रहेको दनुवार समुदायका अगुवाहरू बताउँछन् ।

सोहीअनुसार आजदेखि दनुवार समुदायले मुट्ठी लिएर यो पर्व मनाउन थालेका अध्यक्ष दनुवारले जानकारी दिए ।

धानको गाभालाई बाँधेर पूजा गरी घरको मूल ढोकामा बाँधेर राख्ने चलन दनुवार समुदायमा छ । सोही चलनलाई मान्यता दिँदै जिल्लामा दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मूल आयोजक समितिले मंसिर २५ देखि तीन दिन परिकार महोत्सव आयोजना गरी यो पर्व मनाउँदै छन् ।

दुई पालिकामा सार्वजनिक बिदा दनुवार समुदायको बाहुल्यता रहेको उदयपुरको दुई पालिकामा २५ मंसिर सार्वजनिक बिदा दिइएको छ ।

जिल्लाको कटारी नगरपालिका र त्रियुगा नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

दनुवार समुदायको परम्परागत सामुदायिक पर्व न्वाङ्गी परेकाले सार्वजनिक बिदा दिइएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए ।

पर्व मनाउनका लागि जिल्लाको त्रियुगा नगरपालिकाले पनि स्थानीयस्तरमा सार्वजनिक बिदा दिइसकेको छ ।

Tags: #उदयपुर#पर्व#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    979 shares
    Share 392 Tweet 245
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.