इटहरी : नेपाल प्रहरीले ठूलो संख्यामा आवेदन आह्वान गरेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा आवेदन आह्वान गरेको हो ।
शुक्रबार जारी सूचनाअनुसार प्रहरीले २१ जना इन्सपेक्टर र ४३८ जना असईका लागि आवेदन आह्वान गरेको हो ।
इन्सपेक्टरका लागि आगामी पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ देखि माघ ८ सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
दरखास्त फाराम अनलाइनबाटै लिन सकिनेछ। दरखास्त दस्तुर इन्सपेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ प्रत्येक समूहका लागि थप २४० रुपैयाँ लाग्नेछ ।
असईतर्फ ५०० रुपैयाँ र एकभन्दा बढी समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप १०० रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।
सूचनाअनुसार इन्सपेक्टरका लागि आवेदन दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने असईतर्फ १८ वर्ष पूरा भई २४ वर्ष नकटेको हुनुपर्नेछ ।












Discussion about this post