इटहरी : कोशी प्रदेशमा सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ।
ट्राफिक प्रहरीले मंसिर महिनामा गरेको विश्लेषणअनुसार १४ जिल्लामा ५ सय ८१ दुर्घटना हुँदा ३२ जनाको मृत्यु र ९ सय ७९ जना घाइते भएका छन्।
दुर्घटनामा परेका ८ सय ६२ सवारीमध्ये ८० प्रतिशत (४ सय ६५) चालकको लापरबाहीका कारण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।
तीव्र गतिका कारण मात्रै २ सय ४७ (४२.५) दुर्घटना भएका छन्। चालक असक्षमता, नियम उल्लंघन, मापसे, गलत ओभरटेक र निद्राका कारणसमेत दुर्घटना भएको छ।
ट्राफिक प्रहरीका अनुसार मंसिरमा ८ हजार ३ सय ३८ सवारी कारबाहीमा परेका छन्। जरिबानाबाट ८४ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
मापसेका ४ सय ५३ सवारी कारबाहीमा पर्दा २ लाख ३७ हजार ५ सय रुपैयाँ उठेको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि चेकजाँच र सचेतना अभियान तीव्र पारिएको प्रवक्ता एवं डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार मंसिरमा १ हजार ३ सय ९३ सचेतनामूलक कार्यक्रम गर्दा २४ हजारभन्दा बढी सहभागी भएका छन्।














Discussion about this post