इटहरी : सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन तीव्र बन्दै गएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने बर्जु गाउँपालिकामा रिकेश चौधरीको नेतृत्वमा ११ सदस्य कमिटी गठन भएको छ ।
पार्टी केन्द्रीय सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्ययतामा भएको भेलाले चौधरीको नेतृत्वमा ११ सदस्य गाँउ कमिटी गठन गरेको हो ।
उपसभापतिमा शेखर मेहता, सचिवमा विक्रम राय, सहसचिवमा रामकुमार कामत, कोषाध्यक्षमा समीक्षा चौधरी चयन भएका छन् । यस्तै, सदस्यहरूमा क्रमशः कुमार भण्डारी, प्रलाद चौधरी, बसिर मन्सुरी, अनिल शर्मा, दामोदर भटराई र गणेश चौधरी छन् ।
यस्तै, भेलाले गाउँपालिकाको ६ वटा वडामध्ये ४ वटा वडाको सम्पर्क व्यक्तिसमेत चयन गरेको छ ।
१ नं. वडाका लागि शम्भु गुरुङ, २ नं. वडा सन्तोष कुमार साह, ५ नं. वडा सञ्जय पासवान र ६ नं. वडामा राजकुमार चौधरी र धिरेन दासलाई चयन गरिएको छ ।













Discussion about this post