इटहरी : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ बाट विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ। एमालेले भने युवा नेता सुजन लामालाई मैदानमा सारेको छ ।
यसअघि एमालेले कोशी प्रदेशसभा सदस्यसमेत रहेका रेवतीरमण भण्डारीलाई उम्मेदवारी बनाउने तयारी गरेपनि उनको नाममा विवाद उत्पन्न भएपछि लामालाई टिकट दिइएको हो ।
यसैगरी रास्वपाले भने अघिल्लो चुनावमा पनि उम्मेदवार रहेका लालविक्रम थापालाई चुनावी मैदानमा अगाडि सारेको छ ।
नेकपाबाट रामकुमारी चौधरीले मनोनय दर्ता गर्दा पत्रकारसमेत रहेका इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यो पनि – सुनसरी-१ मा प्रतिनिधिसभा निर्वाचनका लागि यी हुन् उम्मेदवार














Discussion about this post