Sunday, March 8, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : कोइला अभावले परम्परागत धातु उद्योग सङ्कटमा

रासस by रासस
माघ २२, २०८२
in विविध, समाचार
0
भोजपुर : कोइला अभावले परम्परागत धातु उद्योग सङ्कटमा
56
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ ।

यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ ।

पुस्तौँदेखि निरन्तर चल्दै आएको यो परम्परागत पेसा पछिल्लो समय धातु पगाल्न आवश्यक पर्ने कोइलाको अभावका कारण सङ्कटमा पर्दै गएको छ ।

पञ्चायतकालदेखि बहुदलीय व्यवस्था स्थापनासम्म टक्सारमा सञ्चालनमा रहेका धातु उद्योगले लाखौँ रुपैयाँ मूल्य बराबरका सामग्री उत्पादन गर्दै आएका थिए ।

यहाँ उत्पादित कांसका भाँडाकुँडा तथा अन्य सामग्री जिल्लासँगै तराईका विभिन्न सहरमा पुग्ने गर्थे । तर, आवश्यक कोइला, कच्चापदार्थको अभाव, लागत वृद्धि र पेसाप्रति नयाँ पुस्ताको आकर्षण घट्दै जाँदा पछिल्लो समय टक्सार बजार क्रमशः सुनसान बन्दै गएको स्थानीयवासी विनोद ताम्राकारले बताए ।

यहाँका घरेलु उद्योग सञ्चालकको सबैभन्दा ठूलो समस्या कोइला अभाव नै भएको उनको भनाइ छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला बजारमा सहज रूपमा नपाइने भएपछि आफैँले रुख काटेर कोइला बनाउनुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

“कांसको काम सुरु गरेदेखि अन्त्यसम्म कोइला अनिवार्य पर्छ”, उनले भने, “अहिले कोइला पाउन निकै कठिन छ, कोइलाको अभावकै कारण धेरै कालीगढ पेसा छाड्न बाध्य भएका छन् ।”

दसकौँ अघि सयौँको सङ्ख्यामा सञ्चालनमा रहेका धातु उद्योग अहिले आएर पाँच वटामा मात्र सीमित भएका छन् ।

कोइला मात्र होइन, मैनलगायत अन्य स्थानीय कच्चापदार्थ पनि सहज रूपमा नपाउँदा पेसा धान्न झनै कठिन बन्दै गएको अर्का स्थानीय सुरजबहादुर उदासले बताए ।

“कोइलाबिना कांसको काम सम्भव नै हुँदैन”, उनले भने, “कांस पगाल्न, मैन पगाल्न सबैमा कोइला चाहिन्छ, अहिलेको अवस्थामा कोइलाको कारणले पेसा जोगाउने कि छाड्ने भन्ने अवस्थामा पुगेका छौँ ।”

स्थानीयका अनुसार राणा तथा पञ्चायती शासनकालमा विशेष प्रसिद्धि कमाएको टक्सारको धातु उद्योगले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाएको थियो ।

तर, पछिल्लो समय स्थानीयवासीको पलायन, कच्चापदार्थको अभाव, आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र सरकारी सहयोगको कमीका कारण यो परम्परागत उद्योग क्रमशः धराशायी बन्दै गएको छ ।

स्थानीयवासीले टक्सारको ऐतिहासिक पहिचान जोगाउन कोइला आपूर्तिमा सहजीकरण, परम्परागत उद्योग प्रवद्र्धनका कार्यक्रम र कालीगढलाई लक्षित राहत तथा प्रोत्साहनका नीति आवश्यक रहेको बताउँदै आएका छन् ।

Tags: #भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी २ मा राजीव कोइरालाको ‘१० प्रतिबद्धता’ सार्वजनिक, सरकारी सेवामा लाइन र भनसुन अन्त्य गर्ने वाचा
समाचार

सुनसरी–२ का कांग्रेस उम्मेदवार राजीव कोइरालाले मतदातालाई दिए धन्यवाद, विजेतालाई बधाई

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

इटहरी : सुनसरी क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त...

ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी
निर्वाचन

ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

ताप्लेजुङ : ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी भएका छन् । थेवेले १३ हजार ९८२ मत प्राप्त गरी प्रतिनिधिसभा...

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

फाल्गुन २४, २०८२
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

फाल्गुन २४, २०८२
उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी २ मा राजीव कोइरालाको ‘१० प्रतिबद्धता’ सार्वजनिक, सरकारी सेवामा लाइन र भनसुन अन्त्य गर्ने वाचा

सुनसरी–२ का कांग्रेस उम्मेदवार राजीव कोइरालाले मतदातालाई दिए धन्यवाद, विजेतालाई बधाई

फाल्गुन २४, २०८२
ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी

फाल्गुन २४, २०८२
झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

फाल्गुन २४, २०८२
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

फाल्गुन २४, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    208 shares
    Share 83 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.