Sunday, March 8, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

आज मध्यरातदेखि मौन अवधि, यी गतिविधि गरे यस्तो हुनेछ कारबाही

रासस by रासस
फाल्गुन १८, २०८२
in निर्वाचन, समाचार
0
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता
58
SHARES
Share on FacebookShare on Twitter

आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ।

निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ।

मतदान हुनु ४८ घण्टा अघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षा लगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन।

मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुल लगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ।

मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ।

मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढंगले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयसहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्वपूर्ण रहन्छ।

यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्तिसुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ। विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ।

उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ।

सो अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन।

त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन।

आउँदो बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्।

प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।

१४३ अस्थायी मतदानस्थल तय गरिएको छ। निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन्।

निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन्। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ।

यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन्।

Tags: #राससनिर्वाचननिर्वाचन आयोग
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी २ मा राजीव कोइरालाको ‘१० प्रतिबद्धता’ सार्वजनिक, सरकारी सेवामा लाइन र भनसुन अन्त्य गर्ने वाचा
समाचार

सुनसरी–२ का कांग्रेस उम्मेदवार राजीव कोइरालाले मतदातालाई दिए धन्यवाद, विजेतालाई बधाई

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

इटहरी : सुनसरी क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त...

ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी
निर्वाचन

ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

ताप्लेजुङ : ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी भएका छन् । थेवेले १३ हजार ९८२ मत प्राप्त गरी प्रतिनिधिसभा...

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

फाल्गुन २४, २०८२
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

फाल्गुन २४, २०८२
उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी २ मा राजीव कोइरालाको ‘१० प्रतिबद्धता’ सार्वजनिक, सरकारी सेवामा लाइन र भनसुन अन्त्य गर्ने वाचा

सुनसरी–२ का कांग्रेस उम्मेदवार राजीव कोइरालाले मतदातालाई दिए धन्यवाद, विजेतालाई बधाई

फाल्गुन २४, २०८२
ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी

फाल्गुन २४, २०८२
झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

फाल्गुन २४, २०८२
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

फाल्गुन २४, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    208 shares
    Share 83 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.