मोरङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको शुक्रबार निधन भएको छ।
मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा उपस्थित रहेका उनी अचानक ढलेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार बिहानदेखि सुरु भएको मतगणनाको केही समयपछि रेग्मी अचानक बेहोस भएका थिए। उनलाई तत्कालै सहयोग गर्ने प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
मृतक रेग्मीको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post