ओखलढुंगा : ओखलढुंगामा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल ५ मतान्तरले विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्।
पोखरेलले लुईटेललाई ५ मतले पछि पार्दै विजयी भएका हुन्। अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा अन्तिम मतगणनासम्म दुवै उम्मेदवारबीच कडा टक्कर देखिएको थियो।













Discussion about this post